ओली निकट सांसदहरुको बैठक बालुवाटारमा शुरु

६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरुको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरु पनि सहभागि छन् ।

बैठकमा उद्योगमन्त्री लेखराज भट्टसमेत छन् । तर गृहमन्त्री रामबहादुर थापा बादल भने गएका छैनन् । संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

आजै प्रचण्ड–माधव नेपाल पक्षले पनि सांसदहरुको अलग्गै बैठक बोलाएका छन् । दुई पक्षीय सांसदहरुको भेलाले नेकपामा नयाँ तरंग ल्याएको छ ।

[sidebar name="button post"]