Ad #144479

५ पुष, काठमाडौं । संसद् विघटनको सिफारिस गरेको विरोधमा सत्तारूढ दल नेकपाको प्रचण्ड-नेपाल समूहका विद्यार्थी र युवा संगठनले काठमाडौंको माइतीघर मण्डलामा विरोध जुलुस निकाल्ने भएका छन् ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले देशव्यापी विरोध प्रदर्शन गरिने भन्दै तीन बजे माइतिघर मण्डलामा प्रदर्शन राखिएको जनाएकाे छ ।

नेकपाभित्रको विवाद चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै मन्त्रिपरिषद्को बैठक डाकेर संसद् विघटनको सिफारिस गरेका छन्।

यसैबिच नेपाल प्रहरीले सरकारको कदमविरुद्ध विरोध हुनसक्ने आँकलन गर्दै देशभरका आफूमातहतका निकायलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ भने सेनाको पीएसओ बैठक बसिरहेको छ।