काठमाडौं । चर्चित गायक स्वरूप राज आचार्य र मिलन नेवारको आवाजमा रहेको नयाँ गीत ‘चोरी सुटुक्का मन’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीत ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ भने गोपाल प्याकुरेलको शब्द रहेको गीतमा चर्चित संगीतकार शम्भुजीत बास्कोटाले संगीत भरेका छन् । 
भिडियोको मुख्य भूमिकामा गम्विर बिष्ट र रिचा थापाको अभिनय रहेको छ । लुजव सिंहद्वारा छायांकन गरेको भिडियोलाइ सुनिल थापाले सम्पादन गरेका हुन् । उक्त भिडियोलाइ गजित बिष्टले निर्देशन गरेका छन् ।












