Ad #144479

४ पुस, श्रीराम चिनी उद्योगले किसानको खातामा पैसा पठाउन सुरु गरेको छ । रौतहटस्थित सो उद्योगले शुक्रबार ५ हजार ३ सय जना किसानको खातामा रकम पठाएको हो ।

हिजो शुक्रबार श्रीराम चिनी उद्योगले १६ करोड ४४ लाख रकम ५५ सय किसानको खातामा हालिदिएको जानकारी आएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए । क्रमशः सबै किसानको खातामा बक्यौता रकम हालिदिने बताईएको छ। साथै निगरानी गरिरहेको पनि उनले जानकारी दिए।

उक्त चिनी उद्योगका सन्चालक विशाल अग्रवालसहित तीन जनाविरुद्ध ठगी मुद्दामा पक्राउ आदेश जारी भएपछि भुक्तानी दिन सुरु गरेको हो ।त्यस्तै डिआइजी सिंहले सर्लाहीस्थित अन्नपूर्ण चिनी उद्योगका संचालक राकेश अग्रवालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएकाले उनको खोजी कार्य सुरु भैरहेको बताउनु भयो।