काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनको निवास खुमालटार जान लागेका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि ओली खुमलटार जान लागेका हुन् । ओली खुमलटारमा जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे ।
ओलीको खुमलटार यात्रालाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले जारी संवैधानिक परिषद अध्यादेश फिर्ता लिने सहमति गरे पनि कार्यान्वयन नगरेपछि नेकपाभित्र थप समस्या बढेको छ ।
यसअघि शुक्रबार प्रचण्ड माधव नेपाल पक्षले आफ्ना पक्षका जिल्ला अध्यक्ष र सचिवहरुलाई पेरिसडाडाँमा बोलाएर ओलीविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएका थिए ।












