Ad #144479

रमिता दंगाल

चीनको वुहानबाट कोरोनाको संक्रमण सुरु भएको एक वर्ष बित्यो । तर कोरोना भाइरसको जोखिम अहिले पनि कायमै छ । मानिसहरुमा डर उत्तिकै छ । केहि स्वास्थ्य चेतना भने बढेको छ । कोभिड १९ अर्थात् कोरोना संक्रमण विश्वभर फैलियो । यसले धेरै व्यवसायीक क्षेत्रहरुमा असर पारेको छ । स्वास्थ्य जोखिमसँगै, शिक्षा, सामाजिक विकास, निर्माण क्षेत्रमा उत्तिकै प्रभाव पारेको छ । कोरोनाले वैदेशिक शिक्षामा कस्तो असर पारेको छ त ?

श्रीवत्स बस्न्यात, कन्ट्री म्यानेजर : बिएमडब्लु एजुकेशनल कन्सल्टेन्सी, पुतलीसडक, काठमाण्डौ

कोभिड १९ को महामारीमा लगभग सबै व्यवसायमा असर गरेको छ । कोरोनाले कुनै पनि क्षेत्र अछुतो छैन । वैदेशिक शिक्षाको कुरा गर्दा नेपालबाट पढ्नका लागि बाहिर विदेश जाने विद्यार्थीहरुको बिषयमा जब विद्यार्थीहरु पढ्न जान पाउँदैनन् यसले वैदेशिक शिक्षामा सिधै यस क्षेत्रमा असर गर्छ नै । हाम्रो यो सर्भिस ओरिण्टेड बिजनेस हो । यसमा हामीले सर्भिस दिएर बिजनेस लिने हो । टोफेल, जीआरई, आइईएलटिएस ,जिम्याट लगायतका सम्पूर्ण कक्षाहरु भौतिक दूरी कायम गर्नुपर्ने भएकाले ठप्प छ ।

स्टाफहरुको कुरा गर्दा पनि दूरी कायम गर्नुपर्ने भएकाले स्टाफ पनि कम गर्नुपर्ने बाध्यता छ । सँगसँगै विद्यार्थी आफैँ अन सेकुयर फील गरेको अवस्था छ । यसकारण विद्यार्थीहरु नआउँदा सर्भिस ओरिण्टेड बिजनेसमा असर गर्ने त भैहाल्यो । हाम्रो नेपालबाट पढ्नको लागि बाहिर जाने विद्यार्थीहरुको अवस्थाको बारेमा कुरा गर्दा चाहिं देश अनुसार फरक छ । अस्टे«लियन सरकारले अन्तरास्ट्रिय विद्यार्थीहरुलाई एकदमै राम्रोसँग हेरिरहेको छ ।

कोभिड १९ को महामारीको अवस्थामा अस्ट्रेलियन सरकारले धेरै सुविधाहरु दिएको थियो । जस्तै : दुई वर्ष भन्दा माथि बसेका विद्यार्थीहरुलाई दश हजार डलरसम्मको फन्ड दिएको थियो । विश्वविद्यालय र कलेजहरुले सबै पेमेण्ट्स एकैपटक नगरी इन्स्टलमेण्ट्स पेमेण्ट्स गर्नको लागि पनि अनुमति दिएको थियो ।

साथै अन्तर्रराष्ट्रिय विद्यार्थीहरु जो अष्ट्रेलियन कलेज र विश्वविद्यालयमा इनरोल भएका तर बिदामा आफ्नो आफ्नो देशमा फर्केका तर ट्राभल ब्यानले अस्ट्रेलिया फर्किन नपाएकाहरुको लागि भिसा एक्स्टेन्सन फी हटाइ दिएको छ। अन्तर्रराष्ट्रिय विद्यार्थीहरुलाई हेर्ने दृस्टीकोण एकदमै सकारात्मक देखिएको छ । त्यहाँको स्थानीयहरुले र एनआरएनएहरुले पनि फूड्हरुको व्यवस्था गरेको थियो ।

अन्तर्रराष्ट्रिय विद्यार्थी पढ्नको लागि भनेर विदेश गएका छन् । उनीहरुले अन क्याम्पस पढ्न पाएनन् । अनलाईनमा पढ्न पाए, त्यो मात्रै परिवर्तन भएको हो । अरु कुराहरुमा त्यति धेरै असर गरेको जस्तो चाहिं हामीलाई लाग्दैन ।

अहिलेको अवस्थामा विद्यार्थीहरु ट्राभल गर्न पाएको छैनन् । भिसाहरु इस्यु भैरहेको छ । अब कोरोना महामारीको खोप आइसकेपछि अथवा कोरोना अलिक कम भैसकेपछि अस्ट्रेलियन सरकार आफैँ पनि अन्तराष्ट्रिय विद्यार्थीहरुलाई स्वागत गर्न तयार छ । भिसाका कामहरु भईरहेको छ । बायोमेट्रिकको कामहरु भई नै रहेको छ । अहिले विद्यार्थीहरु पनि त्यति धेरै छैनन् । तर अहिले जति पनि विद्यार्थीहरुले भिसा प्रोसेस गरेका छन् । उनीहरुले भिसा पाइरहेका छन् । भिसा आएका विद्यार्थीहरु बोर्डर खुलेर जना पाउने अनुमति पाइने बित्तिकै उनीहरु जान तयार छन् ।

नेपाल राष्ट्र बैँकले यस क्षेत्रलाई अति प्रभावित क्षेत्र भनेर घोषणा गरिसकेको छ । त्यो कुरालाई हेर्दा पनि हामीलाई सरकारले हेर्न दृष्टिकोण नराम्रो छ भन्न मिल्दैन । ईक्यानका प्रेसिडेन्ट प्रकाश पाण्डेले यस कार्यको लागि लिनु भएको इनिसिय्सन सरैनै महत्त्वपूर्ण छ । जसकारण हामीलाई अलि सहज भएको छ ।जबसम्म विद्यार्थीहरुको हुँदैन, फ्लो हुँदैन, ढुक्क हुँदैनन् तब सम्म अभिभावकहरुले पनि अनुमति दिँदैनन् त्यस बेला सम्म वैदेशिक शिक्षामा असर पर्छ ।

अहिले सुरक्षित रहनु नै ठुलो कुरा हो । संक्रमणकालिन स्थिति छ । संक्रमण भैहाल्यो भने के गर्ने ? खोप अझै आएको छैन, त्यसकारण पनि अझै अन्योल छ । पुतलीसडक एरीयाका धेरै कन्सल्टेन्सीहरु चलाउन सक्ने स्थिति नभएकाले बन्द भैसकेका छन् । अहिले जति पनि कन्सल्टेन्सीहरु चलिरहेका छन्, उनीहरुले चाहिं ५०/७५ प्रतिशतले आफ्ना स्टाफहरु कटौती गरेर चल्नु पर्ने बाध्यता छ ।

अहिलेको यो महामारीमा वैदेशिक शिक्षा हाँसिल गर्नको लागि त्यहिँ नै ट्राभल गर्नु पर्छ भन्ने मान्यताबाट अलिकति पर छौँ । जति पनि विद्यार्थीहरु इनरोल भएका छन्, उनीहरुले अनलाइन मध्यम चाहिँ पढ्ने व्यवस्था मिलाएको छ । अन्तरराष्ट्रिय शिक्षा हाँसिल गर्न चाहिँ गाह्रो छैन । अनलाइन मार्फत पनि ७५ प्रतिशत एडुकेसन लिन सक्छन् । तर प्राक्टिकल बेस एडुकेसन चाहिँ अलिकति गाह्रो छ । अनलाइनबाट पढ्न नर्सिङ्ग, इञ्जिनेयरिङ्ग कोर्श चाहिँ गाह्रो हुन्छ ।

गङ्गाराम बस्नेत, मेनेजिङ्ग डिरेक्टर : सेसन जापनिज ल्यान्ग्योज स्कुल 

कोरोनाले वैदेशिक शिक्षामा ठुलो असर गरेको छ । वैदेशिक शिक्षाको क्षेत्र मात्र नभएर सबै तिर यसको असर छ । बाहिरको प्लेन चल्दा नेपालको बन्द हुने, नेपालको चल्दा उता बन्द हुने भैरहेको थियो । मानिसहरु कोहि पनि आफुलाई मन परेको देश जना पाइरहेका छैनन् । नेपालको फ्लाईट बन्द भएको कारण एक वर्ष हुन लागिसक्यो एक जना पनि विद्यार्थी पठाउन सक्या छैन ।

उता जापान भएका नेपाली विद्यार्थीहरुको पढाई त बन्द नै छ । पार्ट टाइम जबहरुमा अलिकति कमि आएको थियो । फन्टलाईनको कामहरुमा कमि आएको थियो । अरु कुरामा बाहिर भएका विद्यार्थीहरुको त अवस्था राम्रो छ । त्यस्तो डराउन पर्ने अवस्था छैन ।

कोरोनाको खोप पनि आइसकेको छ । अब खोप आइसकेपछि वैदेशिक शिक्षामा पनि अब नर्मल नै हुन्छ होला जस्तो मलाई लाग्छ । कोरोना निर्मुल हुन सक्यो र विद्यार्थीहरुले उता काम पाएर पढ्न सके भने वैदेशिक शिक्षाको लागि राम्रो छ ।

मनोज बस्नेत : सीईओ, असि कन्सल्टेन्ट एण्ड भिसा सर्भिसेस

कोरोनाले वैदेशिक क्षेत्रमा मात्र नभएर अल्मस्ट सबै क्षेत्रमा असर गरेको छ । वैदेशिक शिक्षाको लागि मुख्य मुख्य देशहरुको सिमानाका खुलेको छैन । अझै पनि अन्तर्रराष्ट्रियउडानहरु सुचारु हुन सकेको छैन । कुनै कुनै देशहरुको चाहिं भिसा लागि लागेर पनि अध्ययन जान नसकेको अवस्था छ ।

नेपालमा भएका वैदेशिक अध्ययनका लागि परामर्श दिने कन्सल्टेन्सीहरु पनि धेरै बन्द भैसकेको अवस्था छ । केहि केहिले मात्र खोलेर काम सुरु गर्नु भएको छ । केहि केहिले अझै पूर्ण रुपमा खोल्न सक्नु भईरहेको छैन । हामी जस्तो कन्सल्टेन्सी अहिले धेरै स्टाफहरु घरमै बसेर काम गरिरहनु भएको छ ।

हाम्रो क्लाससेसहरु पनि सबै भर्चुअल भएको छ । हामीले अझै पनि विद्यार्थीहरुलाई बोलाएर जम्मा गरेर पढाउने अवस्था पनि छैन र सरकारबाट हामीले त्यो अनुमति पाएको पनि छैनौँ । नेपालको वैदेशिक शिक्षाको लागि परामर्श दिने कन्सल्टेन्सीहरु धरासायी अवस्थामा छ । वैदेशिक शिक्षाको लागि अमेरिका जानका लागि दुतावास अझै पनि बन्द नै छ । भिसाहरुको हाल्न मिलेको छैन । तर अस्ट्रेलियाको कुरा गर्दा अनलाईन भिसा भएकाले भिसा हाल्न मिल्छ । तर बोर्डर भने अझै खुलेको छैन ।

भिसा आएपनि विद्यार्थीहरु जना पाएका छैनन् । युकेको कुरा गर्दा भिसा हाल्न मिलेको छ, तर भर्खरै युकेले आफ्नो देशमा लकडाउन गरेको छ । युकेमा पनि भिसा लाग्छ तर जना पाएको अबस्था छैन । न्युजिल्याण्डले भिसा सुरु गरेको छैन । पढ्न गएका बिदेशमा भएका विद्यार्थीको कुरा गर्नु पर्दा सम्बन्धित सरकारले धेरै राहत सुबिधा प्याकेज ल्याएका छन् । अन्तर्रराष्ट्रिय विद्यार्थीहरुलाई सहज हुने किसिमको प्रोग्राम ल्याएको छ । साथै विश्वविद्यालय र कलेजहरुले पनि छुट दिएका छन् ।

छात्रवृत्तिहरु दिएर सुविधा दिइरहेको छ । बिस्तारै ठुलो देशहरुमा खोप पनि आउन सुरु भैसकेको छ । अस्ट्रेलियामा खासै कोभिडको असर छैन । फेरी पनि विद्यार्थीहरुले काम गर्न थालिसके र आफ्नो पुरानै जीवनशैलीमा फर्किसके । विद्यार्थीहरुले बाहिर गएर पढेर केहि सिक्ने र आफ्नो देशमा फर्केर केहि गर्ने परिपाटी चल्दै आएको छ । वैदेशिक शिक्षाले अब कस्तो मोड लिन्छ यत्तिकै अहिले नै भन्न अलिक गार्हो नै छ ।

बुद्ध महर्जन, डिरेक्टर : जेनिथ इन्टरनेशनल कन्सल्टेन्सी

वास्तविक भन्नुपर्दा कोरोनले असर नगरेको कुनै पनि क्षेत्र छैन् । वैदेशिक शिक्षाको लागि क्यानडाको कुरा कुरा गर्दा क्यानडामा खासै त्यस्तो असर गरेको छैन। अस्ट्रेलियाहरुमा भिसा एप्लिकेशनहरु नहुँदा क्यानडाले चाहिं विद्यार्थीहरु लगि नै रहेको थियो । अमेरिका, युके, अस्ट्रेलियाको तुलनामा क्यानडाले विद्यार्थीहरु लगि नै रहेको थियो । त्यसपछि केहि समयपछि क्यानाडाले पनि बन्द गरेको थियो । अरु देशहरु बन्द हुँदा क्यानडाले चाहिं खुलाएको थियो ।

क्यानडाको लागि भिसा प्रकृया चाहिं भैरहेको छ । भिसा लागेर जान नपाएका विद्यार्थीहरु पनि छन् । क्यानडाले तीन वर्षको प्रोग्राम बनेको छ । प्रत्येक वर्ष चार लाख भनेको तीन वर्षमा लगभग बाह्र लाखलाई पिआर दिने भन्नेछ । यो भन्दा अगाडी सामान्यतया एक÷दुई लाख विद्यार्थीलाई दिने गरेको थियो । धेरै पीआर दिनेमा क्यानाडा पहिलो नम्बरमा पर्छ ।

कोरोनाका कारण ठप्प भएको वैदेशिक शिक्षा अब सन् २०२१ मा अलिकति फस्टाउला भन्ने आश छ ।