२ पुष, काठमाडौं । काठमाडौंको चाबहिलमा बिहीबार बिहान बम शंकास्पद वस्तु फेला परेको छ । चाबहिलस्थित गोपीकृष्ण हल अगाडी पूलमा शंकास्पद वस्तु बम भनेर हल्ला हुँदा एकछिन जन जिवन प्रभावित बनेको थियो।
उक्त शंकास्पद वस्तु बम नभएर कवाडी भाँडा रहेको इन्स्पेक्टर सरद कुमार राईले जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछी नेपाली सेनाको बम डिस्पोजल बाेलाएर हेर्दा त्यो त कवाडी भाँडा मात्रै रहेको भेटिएकाे हाे ।
विगतमा काठमाडौंमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बम विष्फोट गराउँदा मानवीय क्षति भएको र हालै सो समूह फेरि सक्रिय हुन थालेको भन्दै सुरक्षा अंगहरु अलर्ट छन् ।
विप्लव समूहले हालै मोरङको मिक्लाजुङमा एक शिक्षकको हत्या गरेपछि गृह मन्त्रालय र नेपाली सेनाले पनि विप्लव समूह हिंसात्मक बनेको निष्कर्ष निकालेका छन् ।












