१ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठक तत्काल बोलाउन माग गरेको छ। आज दिउँसो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो।
सहमहामन्त्री प्रकाशशरण महतले दिएको जानकारीअनुसार संसद बैठक तत्काल बोलाउन सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको हो।देउवा निवासमा करिब तीन घण्टा कांग्रेस शीर्ष नेता छलफलमा जुटेका थिए।
यस्तै बैठकले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको मंसिर २९ गते देशैभर सरकारविरूद्ध प्रदर्शनमा जुटेकालाई कांग्रेसले धन्यवादसमेत दिएको छ।
[sidebar name="button post"]











