पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

१ पुस, काठमाडौँ । देशभरका प्रयोगशालामा ५ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा सोमबार थप ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता ७ सय ३६ जना कोरोना संक्रमण देखिएका मध्य इलामका १, उदयपुरमा १, ओखलढुङगामा ४, झापामा ११, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १४, संखुवासभाका १, सुनसरी १९, धनुषामा ६, पर्सा ९, बारा २, सर्लाहीमा २, काठमाडौँमा २९४, काभ्रेमा ८, चितवनमा १६, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा २०, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ७७ र सिन्धुपाल्चोकमा २, कास्कीमा ४५, गोरखामा १४, तनहुँमा ७, नवलपरासी पुर्वमा १, पर्वतमा २, लमजुङमा ६, बागलुङमा ४, स्याङ्जामा ५, अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा ५, दाङमा ५, नवलपरासीमा २, पाल्पामा ८, प्युठानमा ६, बर्दियामा ४, बाँकेमा २२, रकुमपुर्वमा १, रुपन्देहीमा २५, रोल्पामा २, सुर्खेतमा २, अछाममा २५, कैलालीमा १, डडेल्धुरामा १, र बझाङमा ३ जना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ भने हालसम्म नेपालमा कोरोना संक्रमण बात मृत्यु हुनेको संख्या १७४३ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन् भने ४ सय ५२ जना क्वारेन्टिनमा छन्।

[sidebar name="button post"]