काठमाडौं । सामसङले हालै आफ्नो एम सिरिजअन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
नेपालमै पहिलो पटक ७ हजार एमएएच ब्याट्रि रहेको एम ५१ स्मार्ट फोन सार्वजनिक गरेको हो। यसमा ६.७ इन्चको डिस्प्ले रहेको छ। साथै सिङ्गल टेक फिचरको साथ सेगमेन्ट लिडिङ्ग सोनी ६४ मेगापिक्सेलको क्वाड क्यामेरा रहेको छ।
‘ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा नेपाली ग्राहकहरुको मन मस्तिष्कमा राम्रो छाप पार्न सफल भएको छ। ग्यालेक्सी एम-५१ मा रिडिफाइन फिचरहरु राखिएका छन्,’ सामसङ नेपालका मोबाइल बिजनेस प्रमुख प्रणय रत्न स्थापितले बताए।
एम-५१ दुई मेमोरी क्षमता ६/१२८ जीबी र ८/१२८ जीबीमा ग्यालेक्सी एम-५१ उपलब्ध रहेको जनाएको छ। स्मार्टफोन दुई वटा रंग इलेक्ट्रिक ब्लु र सेलेस्टियल ब्ल्याकमा उपलब्ध छ। ६/१२८ जीबीको मूल्य ३९ हजार ९९९ रुपैयाँ र ८/१२८ जीबी स्मार्टफोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ छ।












