एजेन्सी । आचार्य चाणक्यले जीवनमा सुख–शान्ति स्थापित गर्नका लागि सूत्र बनाउँदै एउटा नीति शास्त्रको रचना गरेका थिए । चाणक्य नीति अपनाएर हामीले हरेक कुरामा सफलता पाउन सक्छौं ।
चाणक्य नीति अपनाएर हामीले हरेक कुरामा सफलता पाउन सक्छौं । आउनुहोस्, यस्तै एक नीतिबारे जानकारी लिऔं ।
मूर्खा यत्र न पूज्यन्ते धान्य यत्र सुसंचितम्।
दंपतोस् कलहो नास्ति तत्र श्रीस् स्वयमागता।।
यो नीतिमा चाणक्यले भनेका छन्ः
जहाँ मूर्खको पूजा हुँदैन, ज्ञानीको मात्रै सम्मान हुन्छ, बुद्धिमान व्यक्तिको कुरा मानिन्छ, त्यहाँ सुख–शान्ति स्थापित हुन्छ । बुद्धिमान व्यक्तिको संगत गर्दा हाम्रा थुप्रै समस्या समाप्त हुनसक्छ ।
जसले मुर्ख व्यक्तिको सेवा गर्छ, जहाँ धन–धान्यको अपमान गरिन्छ, बचत गरिँदैन, जुन घरमा श्रीमान्–श्रीमतीबीच सधैं झगडा हुन्छ, त्यहाँ कलह हुन्छ, त्यहाँ कहिले पनि सुख–शान्तिको वास हुँदैन ।











