Ad #144479

२९ मंसिर, काठमाडौं । दोलखाको सैलुङ गाउँपालिका वडाध्यक्षको कोरोना संक्रमणबाट निधन भएको छ ।

गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामा ५४ वर्षीय ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत सोमबार दिउँसो सवा ३ बजे निधन भएको हो ।

अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई मंसिर २३ गते भर्ना गरिएको थियो ।

मंसिर २४ गते कोभिड पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए थियो। लामा अर्कै अस्पतालबाट किस्टमा रिफर गरिएको थियो ।