२९ मंसिर, एजेन्सी । नायिका जुही चावलाले आफ्नो हिराको झुम्का एयरपोर्टमा हराएको ट्वीटरमार्फत् जानकारी दिइन् ।
उनको हिरा जडित झुम्का मुम्बई एअरपोर्टमा हराएको थियो। झुम्का हराएको थाहा पाउने बित्तिकै जुहिले सामाजिक सञ्जालमा झुम्का हराएपछि आफू तनावमा रहेको उनले ट्वीटमा बताएकी छन् ।
उनले कसैले आफ्नो सहयोग गरे निकै खुशी हुने बताए छन् । उनले अघि भनेकी छन्, ‘यदि कसैले मेरो मद्दत गरेमा म निकै खुशी हुनेछु । तपाई प्रहरीलाई जानकारी दिन पनि सक्नु्हुन्छ । यो मेरो म्याचिङ पिस हो । १५ वर्षदेखि निरन्तर लगाइएरहेकी छु ।’
जुहीले आफ्नो ट्वीटमा भनेकी छिन्, ‘बिहान म मुम्बई एयरपोर्टको गेट नम्बर ८ मा जाँदै थिएँ । इमिरेट्स काउन्टमा मैले चेक इन गरेँ, सेक्युरिटी चेक भयो तर बीचमा कतै मेरो हिराको झुम्का खस्यो ।













