Ad #144479

एजेन्सी । यो संसारको सृष्टि पनि अचम्म तरिकाले निमार्ण भएको छ । संसारमा फरक फरक भौगोलिक हावा पानी र फरक किसिमको परिवेश रहेको । पछिल्लो समय मानिसहरु विश्वसामु चर्चीत हुनको लागि कुनै न कुनै करा गरिरहेका हुन्छन् ।

अहिले यस्तै चीनमा एक व्यक्तिले प्रत्येक दिन साँढे दुई किलो खुर्सानी खाने गर्छन् । त्यति धेरै खुर्सानी खाएर पनि आँसु निकाल्दैनन् । हैली योगजी खुर्सानी खाने कारणले चर्चित बनेका छन् । अहिले उनलाई खुर्सानी किंग भनेर पनि बोलाउने गर्छन् ।

सामान्यतया मानिसहरु बिहान उठेर ब्रश गर्छन् तर उनी बिहान उठेर खुर्सानी खान सुरु गर्छन् ।खुर्सानीले नै दाँत सफा गर्छन् । उनको अनुसार खानामा पिरो आएन भने खानाको स्वाद नै हुदैँन् ।

उनले पुरानो दिन याद गर्दै भने, ‘१० वर्ष पहिला छोराको दुर्घटना ट्रकबाट भएको थियो । उक्त दिनमा पनि कटौरामा खुर्सानी खाएर अस्पताल गएका थिए ।’ उनको खुर्सानी धेरै खाएर शरीरमा कुनै हानी भएको छ छैन जाँच गराउदा डाक्टरहरु पनि आश्चर्यमा परेका थिए ।

उनको शरीरमा कुनै असर छैन् । सामान्य मानिसको जस्तै छ तर उनले रातो र पिरो खुर्सानी स्नैक्स जसरी खाने गर्छन् । उनले खुर्सानी खाने इच्छाकै कारण घरको पछाडी ८ प्रकारका खुर्सानीका विरुवा लगाएका छन् ।