Ad #144479

२८ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघले सिट्ठी फूकेर केपी ओली सरकारको विरोध गरेको छ । काठमाडौंको त्रिचन्द्र कलेज अगाडि जम्मा भएर नेविसंघका नेताहरुले सिट्ठी फुक्दै सरकारको विरोध गरेको हो। भोलि कांग्रेसले देशभर सरकारको विरोधमा प्रदर्शन गर्दैछ।

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि तातेको कांग्रेस सरकारले कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै प्रदर्शनमा उत्रन लागेको हो। यसैको पूर्व सन्ध्यामा नेविसंघले सिट्ठी फुक्दै विरोध जनाएको हो।

सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा चर्को नारासमेत लगाएका थिए। उनीहरुले नेता पौडेलप्रति गरेको दुर्व्यवहारमा माफी माग्नुपर्ने मागसमेत गरेका थिए।