Ad #144479

२८ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ । बालुवाटारमा बस्ने बैठक नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको शाेक प्रस्ताव पारित गरेर सकिने कार्यसूची रहेको बताइएको छ ।

पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो । बैठकको अर्को मिति भने शोक प्रस्ताव पारित भएपछि तय हुनेछ । एक नेताका अनुसार, शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूचीतर्फ नबढाउने प्रचलन छ ।

संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार, आजको बैठक शोक प्रस्ताव पारित भएसँगै स्थगित हुनेछ । नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भइनसकेकाले आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरेर सहमति गर्ने प्रयास हुनेछ ।