एजेन्सी । जीवन सहजरुपमा यापन गर्नका लागि एक अर्काको बानी बारे जानकारी हुन आवश्यक हुन्छ । महिला र पुरुषले एक अर्काको बानी बुझेको खण्डमा जीवन यापन गर्न सहज हुन्छ । त्यसैले आज हामी यहाँ पुरुषालाई दिक्क लगाउने महिलाका केही बानी बारे चर्चा गर्दै छौं ।
त्यसैले महिला पुरुषबीच एक प्रकारको आर्कषण हुने गर्दछ । जसले दुबैलाई एकअर्कामा जोड्दछ । कतिपय अवस्थामा महिला पुरुषका केहि बानी एकअर्कालाई मन नपर्न सक्छ । आज हामी यस्तै केहि आनीबानीका बिषयमा चर्चा गर्नेछौ जो पुरुषलाई मन पर्दैन । अर्थात महिलाका केहि यस्ता स्वभाव छन् जो पुरुषलाई मन पर्दैन:
- महिलाहरु आफ्नो सौन्दर्य प्रति बढि चिन्तित हुने स्वभाव पुरुषलाई मन पर्दैन । अझ मेकअप लाएपछि आफूलाई राम्री ठानेर आफ्नो पुरुष पार्टनरसंग दाजिएको धेरै पुरुषलाई मन पर्दैन ।
- आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्ने महिलाको बानी पुरुषलाई मन पर्दैन । अझ कुनै पार्टी वा अन्य भेटघाटमा जानै पर्ने हुदाँ घरीघरी मेकअप दल्ने, ऐना हेर्ने बानी पुरुषलाई मन पर्दैन ।
- कतिपय महिला भने खित्का छाडेर ठुलो आवाजमा हास्ने गर्दछन् । यस्तो बानी पुरुषलाई मन पर्दैन । अझ सोधेको प्रश्नको जवाफ नदिई हास्ने महिला पुरुषलाई फिटिक्कै मन पर्दैन ।
- धेरैजसो महिलाहरु बिषय प्रसंगभन्दा बाहिरका कुरा निकालेर गफ गर्न थाल्दछन् । यो कुरा पुरुषलाई मन पर्दैन ।प्रायः पुरुषहरु बिना झोला फ्रि भएर हिड्न चाहान्छन् ।
- यस्तोमा महिलाको झोला बोक्ने बानी पुरुषलाई मन पर्दैन। महिलाहरु सरसफाइमा ध्यान दिन्छन् यो राम्रो कुरा हो ।
- सरसफाइका कामका बहानामा ओच्छ्यान बिग्रन्छ त्यसमा नबस्नु, भुइमा कागज किन राखेको लगायतका ससाना कुरामा कराएको उनीहरुलाई मन पर्दैन ।











