Ad #144479

२७ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूमा रहेको भगवान् बुद्धको हजार मूर्ति नभत्काइने बताएका छन् ।

स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियानको ज्ञापनपत्र बुझ्दै उनले सडक विभागको डिजाइन, निर्माण मापदण्ड, पुरातत्त्व विभाग र युनेस्कोको प्रावधानको परिधिमा रहेर हजार मूर्तिको जोगाइने स्पष्ट पारेका हुन् ।

प्राविधिक रूप सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरू पनि सम्पदा जोगाइ राखिने भएको छ । सरकारको प्रतिबद्धता आएसँगै स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔं अभियानले घोषणा गरेको चरणबद्ध आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको अभियान संयोजक आचार्य नुर्बु शेर्पाले बताए ।

सडक बिस्तारका क्रममा-कलंकीदेखि चाबहिल सम्म हुन लागेको क्रममा , विश्व सम्पदा सुचीकृत स्वयम्भू छेत्रको एतिहासिक , धार्मिक , संस्कृतिक सिमा स्तम्भ ( घुमाउने माने , हजार मुर्तिसहितको स्तुपा – साङ्गे तोङ्गू ) भत्काउने घोसना गरिएको थियो।

फोटो : साहास