Ad #144479

२७ मंसिर, काठमाडौं ।  काठमाडौं दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङ घर भई चुनिखेल बस्ने ४० वर्षीय आनन्द तामाङलाई रहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयाे ।

उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो। उनी मानसिक बिरामी रहेको अनुमान प्रहरीको छ। पक्राउपश्चात उनलाई पाटन मानसिक अस्पतालमा लगिएको छ । तोडफोडबाट बुथको सिसा फुटेको छ। यद्यपि त्यहाँ भएको क्षतिको उनका दिदी भिनाजूले व्यहोर्ने सहमति भएको छ।