एजेन्सी । नवजात शिशुलाई आमाको दूध अमृत समान मानिन्छ । शिशुलाई छ महिनासम्म आमाको दूध मात्र चुसाउनुपर्छ। यसो गर्दा शिशु दिउँसोको स्तनपानबाट वञ्चित हुन्छन्। त्यसैले कार्यालयमै शिशुका लागि बेबी केयरको व्यवस्था गरिदिनुपर्छ या त सुत्केरीपछि दिइने बिदाको समय बढाउनुपर्छ।
स्तनपान गराएका शिशु र आमा दुवैको आत्मीयता कृत्रिम दूध खानेहरूको तुलनामा बढी हुन्छ। आमाको दूधलाई पोषण मात्र नभई जीवनको आधार मानिन्छ । तर पछिल्लो पुस्ताका कतिपय आमाहरु बढ्दो आधुनिकतामा आफ्नो बच्चालाई स्तनपान गराउदैनन् । यो केवल बच्चालाई मात्र नभई आमाका लागी समेत हानिकारक छ ।
शिशुका लागि आमाको दूध नै सबैभन्दा उत्तम खाना हो। केही आमा बोतल फिडिङ चाहन्छन्। बोतल फिडिङ गराउँदा प्रत्येक पटक बोतल उमाल्नुपर्ने झन्झट हुन्छ र राति पनि उठेर दूध बनाउनुपर्छ। आधा घन्टाभन्दा बढी समय भए त्यो दूध फाल्नुपर्ने हुन्छ। आमाको दूध ख्वाउँदा यी सब झन्झट हुँदैन। स्तनपान गर्ने शिशु सक्रिय हुन्छन् र चाँडै दूध निखार्छन्।
यस्तो छ, स्तनपानको फाइदा :
आमाको दूध जहिले पनि बच्चाका लागि सफा स्वस्थ हुन्छ । सही तापक्रममा हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि बृद्धि हुन्छ । स्तनपान शिशु अघाउने सबैभन्दा सस्तो माध्यम हो, यसका निम्ती खर्च लाग्दैन । स्तनपानले दम र कानको रोगमा नियन्त्रण कायम हुन्छ । आमाको दूधको सेवनले शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला बनाइदिन्छ । स्तनपानले बच्चालाई क्यान्सर, पखाला र निमोनियाजस्ता रोगबाट बचाउँछ । आमाको दूधमा हुने प्राकृतिक रसायन पनि हुन्छन् यसले बच्चालाई लाभ पुर्याउँछ । बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो । दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ ।











