२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका पूर्वसभापति श्यामलाल श्रेष्ठको निधनमा तीन दिन ‘२६,२७ र २८’ पार्टीको केन्द्रीय कार्यालयमा र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ।
शनिबार बिहान पार्टी कार्यालयमा बसेको कार्यसमितिको आकस्मिक बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।यसैगरी, कांग्रसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने भएको छ।
त्यस्तै, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय बैठकले गरेको छ। यसैगरी १३ औं पुण्यतिथिमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना पनि गर्ने भएको छ।












