Ad #144479

२६ मंसिर, काठमाडाैं । कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ओखलढुङगाका ३० वर्षीय शंकर परियारको मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेलाई बयोधा अस्पतालमा लगिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक पुरुषोत्तम कार्कीले जानकारी दिए।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले अन्य ८ वटा विभिन्न सवारी साधनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रक एक घरमा ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ। ट्रकका चालक समेत घाइते भएका छन् ।