Ad #144479

काठमाडौँ । मौसममा हाडजोर्नीको समस्या हुनेहरुले निकै दुख पाउने गर्दछन् । विशेषगरी जोर्नीको दुखाई खासगरि कुनै उपचार हुदैँन तर, केही उपाय छन् जोर्नी दुख्ने विभिन्न कारणहरु हुन सक्छन् । जस्तैः बोन फ्लुइड वा मेम्बे्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा भित्रभित्रै कुनै रोगको संक्रमण बढ्नु, हड्डीको क्यान्सर, आर्थाइटिस, मोटोपना, ब्लड क्यान्सर आदि ।

यस्तै उमेर बढ्दै जाँदा जोर्नी बीचको कार्टिलेज कुसन लचिलो र चिल्लो बनाइराख्ने लुब्रिकेन्ट्स कम हुने, लिगामेन्टको लम्बाई र लचिलोपना कम हुने आदि समस्याले पनि जोर्नी दुख्छ । सदैव आफ्नो तोल सन्तुलनमा राख्नुहोस् । तौल धेरै भएमा पनि जोर्नीमा दबाब पर्दछ ।हरेक बिहान केहिबेर नियमित रुपमा घाममा बसेमा जोनी तथा हड्डिको समस्यामा राहत मिल्दछ । यसले शरीरलाई भिटामिन डि मिल्छ र नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ । मदिरा र धुम्रपानको सेवनले समेत जोर्नीलाई नोक्सान पुग्छ ।

शरीरलाई बढि मात्रामा आरामदायी जीवनशैलीमा राख्नु हुदैँन र शरीरमा बल पर्ने काम र श्रममा लगाउनु पर्दछ ।जाडोमा अदुवा र बेसारको सेवन गर्नु पर्दछ ।क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, माछा, पालुंगो आदिको सेवन गरी भिटामिन सी र डी पाउन सकिन्छ । यसले जोर्नीको समस्याबाट राहत दिलाउँछ ।जसलाई अपनाएर जोर्नीको दुखाई कम गर्न सकिन्छ । जाडो मौसममा राख्नुहोस् विशेष ध्यान जाडो मौसममा जोर्नीको दुखाईले धेरै सताउँछ । किनभने यो मौसममा मानिसहरु आराम धेरै गर्छन् । यसले शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रातो लामो हुने कारणले जीवनशैली परिवर्तन हुन्छ ।

यसले जाडोमा मानिसको खानपानको बानी पनि परिवर्तन हुन्छ । मानिसहरु व्यायाम गर्न खोज्दैनन जसले यो समस्या अझै बढ्छ र जाडोमा आँटाको रोटी र मुगको दाल सेवन गर्नुहोस् । तातो तातो सुप पिउनुहोस् । हरियो सागसब्जीहरु लौका, फर्सी, काँक्रो, आदिको सेवन गर्नुहोस् ।त्यसैले बाहिर तापक्रम अत्याधिक कम हुन्छ र शरीरलाई सँधै तातो कपडाले ढाक्नुहोस् । पानी धेरै पिउनुहोस्, प्रतिदिन ८(१० गिलास पानी पिउनुहोस् । यदि औषधि सेवन गर्नुहुन्छ भने नियमित समयमा लिनुहोस् ।र चिसोबाट आफूलाई बँचाउनुहोस् ।

जुन भागमा दुख्छ त्यस भागलाई न्यानो कपडाले बेर्नुहोस् ।जाडोमा आँटाको रोटी र मुगको दाल सेवन गर्नुहोस् । सक्रिय शरीर र आरामदायी जिन्दगी नजिउनुहोस् । पैदल हिँड्ने, जगिङ गर्ने, डान्स गर्ने, जिम जाने, सिँढी चढ्ने वा हल्काफुल्का व्यायाम गरेर पनि हड्डीलाई मजबुत बनाउन सकिन्छ ।