Ad #144479

५ मंसिर, एजेन्सी । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा रियलले बोरुसिया मोन्चेनग्लाडवाचलाई २–० गोल अन्तरले हराउँदै रियल नकआउट चरणमा पुगेको हो ।

समूह बीबाट नकआउट चरणमा पुग्न रियललाई खेल जित्नैपर्ने दबाब थियो । उसका लागि दुवै गोल करिम बेन्जेमाले गरे । ईन्टर मिलान र शख्तर डोनेस्कले गोल रहित बराबरी खेल्दै अंक बाँडे अघिल्लो चरण पुग्न दुवै टोलीलाई जितको आवश्यक थियो । अंक बाँडेसंगै दुवै टिम प्रतियोगिताबाट बाहिरिएका छन् ।

रियल मड्रिड च्याम्पियन्स लिगका सबै संस्करणमा नकआउट चरण पुग्न सफल भएको छ । जिनेदिन जिदानले पछिल्ला ७ मध्य ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

ईन्टर च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो । ईन्टर तेस्रो पटक लगातार नकआउट चरण पुग्न सफल भएको छ । ईन्टरले युक्रेनी क्लबबिरुद्ध २० प्रहार गरेको थियो । तर कुनैपनि प्रहार गोलमा परिणत हुन सकेन् । शख्तरले समूह चरणको दुवै खेलमा रियल मड्रिडलाई पराजित गरेको थियो ।