Ad #144479

२४ मंसिर, ललितपुर । ललितपुरको गोदावरी–१३, झरुवासीस्थित नवज्योति माध्यमिक विद्यालयले तीन दिन पठनपाठन बन्द गरेको छ । दुई जना शिक्षकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि भोलिदेखि ‘मंसिर २५ देखि २७ गते’सम्म विद्यालय बन्द गरिएको हो

प्रधानाध्यापक हरिहर लामिछानेका अनुसार तीन दिनका लागि नर्सरीदेखि कक्षा १२ सम्मको पढाई बन्द गरिएको छ । संक्रमित दुबै शिक्षक अहिले होमआइसोलेसनमा रहेका छन ।