सात वर्षीया बालिकाको मुटुको जटिल शल्यक्रिया सम्पन्न

२३ मंसिर, चितवन। जिल्लामा सात वर्षीया बालिकाको मुटुको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । चितवन मेडिकल कलेज ‘सिएमसी’ मा जन्मजात मुटुसम्बन्धी समस्या भएकी तनहुँ घर भई भरतपुर महानगरपालिका–१२ बस्ने सात वर्षीया खुशी थापाको मुटुको शल्यक्रिया सफल भएको हो ।

अस्पतालका प्रा डा श्यामराज रेग्मीको नेतृत्वमा डा सुधिर रेग्मी, डा विष्णुमणि धिताल, सर्जन डा सुरज भट्टराई, रेडियोलोजिष्ट डा विज्ञान पौडेल, एनेस्थेसियोलोजिष्ट डा भारती शर्मा रेग्मी र क्याथ प्रयोगशाला प्रमुख अमृत काफ्लेको सङ्लग्नतामा शल्यक्रिया सम्पन्न भएको हो ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार बालिकाको मुटुमा पेशमेकर राखी सफल शल्यक्रिया गरिएको हो । बालिकामा जन्मदैदेखि श्वास फेर्न गाह्रो हुने, बेलाबेलामा लड्ने, अन्य बच्चाभन्दा फरक स्वभाव रहेको थियो । बच्चालाई १७ महिनाको हँुदा काठमाडाँैको शहिद गङ्गालाल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा जन्मजात मुटुसम्बन्धी रोग भएको पुष्टि भएको परिवारलाई उद्धृत गर्दै देवकोटाले जानकारी दिनुभयो ।

[sidebar name="button post"]