छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

२३ मंसिर, दैलेख । नेपाल प्रहरीले आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । दैलेखमा मदिरा सेवन गरेर आफ्नै १४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएकोबेला ती पुरुषले आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्दै आएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसाका अनुसार ती पुरुषले गत शुक्रबार दिउँसो साढे चार बजे घरमा कोही नभएको मौका छोपी छोरीलाई जवरजस्ती करणी गरेका थिए । दिनहुँ जसो मदिरा सेवन गर्ने र श्रीमती घरमा नभएको बेला पटकपटक छोरीलाई करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ती पुरुषलाई पक्राउ गरेपछि श्रीमतीले प्रहरीसामु उजुरी दिएकी थिइन् । ती पुरुषमाथि जबरजस्ती करणी मुद्दा दर्ता भई दैलेख जिल्ला अदालतबाट म्याद थपेर घटनाबारे थप अनुसन्धान थालिएको छ ।

[sidebar name="button post"]