दुर्घटनाबाट श्रीमानको निधनपछि साइप्रसमा श्रीमतीले गरिन् आत्महत्या

२३ मंसिर, एजेन्सी । साइप्रसको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आइतबार राति आत्महत्या गरेकी छिन् ।

श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाए लगत्तै साईप्रसमा रहेकी श्रीमतीले आत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका –८ खरे घर भइ हाल साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेकी हुन् ।

मृतक तामाङ २०१९ साल अक्टोबर महिनामा काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साइप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी साइप्रसका लागि नेपालका अवैतनिक महावाणिज्यदूत डा. रामजीवन पन्जियारले जानकारी दिएका छन् ।

मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा आएकी थिइन् । मृतक तामाङले टिकटकमा श्रीमान्को दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् । आइतबार श्रीमान सुबिनको बलेरो दुर्घटनामा मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।

[sidebar name="button post"]