आज पहाडमा हल्का वर्षा, बाँकी भू-भागको मौसम सफा

२३ मंसिर, काठमाडौं । आज प्रदेश १ का पहाडी भू-भागमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नं १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा प्रदेश २ मा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भू-भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

भारतको झारखण्ड र आसपासमा रहेको न्युन चापीय प्रणालीको असरले दिउँसो भने प्रदेश नं १ को पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तापक्रम घट्दै गएकाले बिहानी पख र साँझ तराई भेगमा हुस्सुको सम्भावना पनि रहेकाले यात्रामा सावधानी अपनाउन पनि महाशाखाले आह्वान गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ मा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर २४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर २५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

[sidebar name="button post"]