कोरोना संक्रमणबाट कलाकार दिव्याको मुत्यु

२२ मंसिर, एजेन्सी । भारतीय टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ की कलाकार दिव्या भटनागरको आज मुम्बईमा निधन भएको छ ।

भारतको चर्चित सिरियल ‘ये रिश्ता क्या कहलाता है’ उनको सबैभन्दा लोकप्रीय सिरियल हो । कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

उनी पछिल्लो ११ दिनदेखि निमोनिया र कोरोना भाइरस महामारीको कारण अस्पतालमा भएकी थिइन् । उनको भाई देवाशिष भाटनागरले निधनको खबर पुष्टि गरेका हुन् ।

दिभ्याको मृत्युले भारतीय कला क्षेत्र शोकमा डुबेको छ । उनी ३४ वर्षीया भट्नाकरमा ब्लड प्रेसरको पनि समस्या रहेको बताइएको छ ।

[sidebar name="button post"]