पछिल्लो २४ घण्टा यता कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

२२ मंसिर, काठमाडौँ । देशभरका प्रयोगशालामा ६ हजार २ सय २० जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार १४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार १४ जना कोरोना संक्रमण देखिएका मध्य इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, संखुवासभामा ६, सुनसरीमा ११, धनुषामा ३, पर्सामा २, बारामा ९, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ५, सर्लाहीमा २, सिरहामा ३, काठमाडौँमा ३४४, काभ्रेमा १५, चितवनमा ३६, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ४, भक्तपुरमा ३१, मकवानपुरमा ९, रामेछापमा १ र ललितपुरमा ६७ जना, सिन्धुपाल्चोकमा ५, सिन्धुलीमा १, कास्कीमा ३०, गोरखामा ४, तनहुँमा १०, नवलपरासीपूर्वमा ८, पर्वतमा ११, लमजुङमा ५, बागलुङमा ९, स्याङ्जामा ६, अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नवलपरासीमा १०, पाल्पामा १४, प्यूठानमा १२, बर्दियामा ३, बाँकेमा ९, रुपन्देहीमा ५३, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ४, दैलेखमा २, मुगुमा ४, सुर्खेतमा १६, अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेल्धुरामा १२, बझाङमा १०, बाजुरामा १ र बैतडीमा २ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ। सोमबार १ हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

[sidebar name="button post"]