काठमाडौं उपत्यकामा थप ४४२ जनालाई संक्रमण पुष्टि

२२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४४२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएका १ हजार १४ जनामध्ये ४४२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

अहिले उपत्यकामा ६ हजार ५५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ५ हजार ७४, भक्तपुरमा ४४४ र ललितपुरमा १ हजार ४० सक्रिय संक्रमित रहेका छन् । यस्तै २४ घण्टामा १ हजार ६२८ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६२८ संक्रमित कोरोनामुक्त भएका छन् । यस्तै २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ६१४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

[sidebar name="button post"]