पर्वतका संक्रमित पुरुषको पोखरामा मृत्यु

२२ मंसिर, पोखरा । कास्कीको पोखरामा पर्वतका एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।पर्वतको फलेबास नगरपालिकाका ३८ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार राति  मृत्यु भएको हो ।

उनीमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

[sidebar name="button post"]