चिया कि कफी : ग्यास्ट्रिक हुनेलाई कुन फाइदा ?

चिया र कफी पिउनु ग्यास्ट्रिक र अपचको समस्या भएका बिरामीको लागि कत्तिको हानिकारक छ ? हिउँदमा मानिसहरू विभिन्न प्रकारका फ्राइड रोस्ट खान्छन्, जसले एसिडिटी र ग्यास्ट्रिकको समस्याहरू निम्त्याउँछ । कहिलेकाँही यस्ता खानामा रहेको अम्लताले पेटको दुखाइ, छातीमा जकडिएको वा गम्भीर टाउको दुखाइको समस्या पनि निम्त्याउँछ ।

तर के मानिसहरू चिया पिएर ग्यास्ट्रिक या एसिडिटीको शिकार हुने गर्छन् ? चिकित्सक र स्वास्थ्य संगठनहरूले समेत ग्यास्ट्रिकको समस्या भएका मान्छेमा कफीजन्य पेय पदार्थबाट बच्नुपर्ने सुझाव दिन्छन् । ती संगठनहरूको अध्ययन रिपोर्टले ग्यास्ट्रिकका बिरामीले जति धेरै कफी वा चियाको सेवन ग¥यो उति नै यसको समस्या बढ्दै जाने बताएको छ ।

अब चिया र ग्यासको समस्याको बारेमा कुरा गर्दा अनुसन्धानकर्ताहरूले भनिरहेका छन् कि यी सबै क्याफिनयुक्त पदार्थहरूले ग्यासको समस्यालाई बढाउन सक्दछ, चाहे यो कफीमा होस् वा चियामा वा अन्य कुनै खाद्यान्न वस्तुहरूमा । चियामा क्याफिन मात्र हुँदैन तर अन्य धेरै कम्पोनेन्टहरू पनि हुन्छन् । यदि तपाईंले चिया पिउँदा ग्यासको समस्या बढाउने कफिन मात्रै नभएर त्यसलाई नियन्त्रण गर्ने पदार्थ पनि त्यसमा पाउन सक्नुहुनेछ । तर त्यसको लागि तपाईंले केही ध्यान दिनुपर्ने कुरा समेत छ । उदाहरणको लागि चियामा धेरै दूध र चियापत्तीहरू नथप्नुहोस् । यसको सट्टामा चियाको पनि फरक भेराइटीहरू छान्नुहोस् । जस्तैःकागती चिया कालो चिया हर्वल चिया ग्यास सम्बन्धी समस्याहरूको बेला चिया र कफी पिउने या नपिउने भन्ने सवालमा अझै धेरै अनुसन्धान गर्नु आवश्यक छ ।

अझै पनि व्यक्तिहरूले यो कुरा सधैं मनमा राख्नुअर्छ कि यदि हामीले सन्तुलित तरिकाले केही खान्दैनौं भने यसले समस्याहरू निम्त्याउन सक्छ ।ग्यास्ट्रिक भएका बिरामीहरूको जीवनशैली परिवर्तनको बारेमा कुरा गर्दा कफी एवं कफीजन्य पेय पदार्थबाट सकेसम्म टाढै बस्न सल्लाह दिएका थिए । यसरी यदि तपाईंले कफी पिउनुहुन्छ, जसमा कफीजन्य पदार्थ अधिक मात्रा हुन्छ भने यसले पेटमा उत्पन्न हुने ग्यास सम्बन्धी समस्यालाई बढाउन पनि सक्छ । किनभने धेरै अनुसन्धानहरूले पनि सुझाव दिन्छ कि पूरै आहारबाट कफिन हटाउनु पनि बुद्धिमानी होइन ।

[sidebar name="button post"]