२२ मंसिर, बाँके । बाँकेमा बर्दिया र कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको गेरुवा गाउँपालिका-५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र कञ्चनपुरको शुक्लाफाँटा-४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दियाका संक्रमित पुरुषको आइतबार राति मृत्यु भएको हो । मंसिर १३ गते सेती अस्पतालमा कोरोना परीक्षण गराएको उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यस्तै कञ्चनपुरका संक्रमित पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । मंसिर १२ गते सेती अस्पतालमा स्वाब परीक्षण गराएका उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा थप समस्या देखिए पछि मंसिर १५ गते उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।
[sidebar name="button post"]









