प्रधानमन्त्री ओलीले बाेलाए सर्वदलीय बैठक

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि ‘मंगलबार’ विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

[sidebar name="button post"]