अनौठो बच्चाको जन्म, यस्तो छ रहस्य

२१ मंसिर, एजेन्सी । सबै मानिसहरुको २० वटा हात र खुट्टाका औला हुने गर्छन् । तर चीनको हुनान प्रान्तमा एक यस्तो बच्चा जन्मेको छ जसको ३१ औलाहरु छन् ।

यो बच्चाको नाम हांग हांग हो । हांग हांग अहिले ४ महिनाकी भइन् । उनको हातको १६ वटा र खुट्टामा १५ औँला छन् । त्यसमा पनि सबैमा २–२ हांगा जस्तो पलाएका छन् ।

यो समाचार भने सत्य हो । हुन त एउटै बच्चा जसको ३१ वटा औंला छन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। तर बास्तविकता नै यस्तै छ । चीनका एक बालकले जन्मँदै ३१ वटा औँला लिएर आएका थिए ।

कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका ती बालकका आमाबाबुले शल्य’क्रियामार्फत अनावश्यक औँला फाल्न चाहेका थिए। सिएनएनमा छापिएको समाचार अनुसार, पैसा अभावका कारण शल्यक्रिया गर्न सकेका थिएनन् ।

[sidebar name="button post"]