एजेन्सी । बलिउड अभिनेता आमिर खानको छोरी इरा खानले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै एक खुलासा गरेकी छन् ।
उनले भिडियोमा भनेकी छन्, ‘‘म भर्खर १४ वर्षकी थिएँ, ममाथि यौन दुर्व्यवहार गरिएको थियो, मलाई नै थाहा थिएन कि ममाथि के भइरहेको छ? तर जसले मलाई त्यस्तो व्यवहार गरिरहेको थियो, त्यो चिनजानकै व्यक्ति थियो।’
यसै बीच, इराले एक नयाँ भिडियो साझा गरेकी छिन् । भिडियोमा उनले आफु चार वर्षसम्म डिप्रेसनमा भएको बताएकी छिन् । उनले गत एक वर्षदेखि राम्रो महसुस गर्दैछिन् । इराले डिप्रेसनको कुरा आफ्ना आमाबुवा र सौतेनी आमा किरण रावसँग साझा गरेकी थिइन् । जसमा किरणले उनलाई धेरै राम्रा सल्लाह दिएका थिइन् ।इराले अक्टोबर १० तारिखमा आफू डिप्रेशनमा रहेको समेत खुलासा गरेकी थिइन् ।
[sidebar name="button post"]









