मन्त्रालयले भन्याे, संक्रमितको उपचारमा दोहोरो शुल्क नलिनु !

२१ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा दोहोरो शुल्क नलिन सूचीकृत अस्पतालहरुलाई निर्देशन दिएको छ।

आइतबरको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको उपचार गरे बापत बिरामीसँग शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएका हुन ।

आज बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ। कोरोनाको दोहोरो शुल्क लिएको पाइएमा मन्त्रालयले कारबाही गर्ने प्रवक्ता गौतमले चेतावनी दिए ।

बिरामीसँग र मन्त्रालयबाट दोहोरो शुल्क लिएरनलिएको बारे अनुगमन गर्न समिति समेत गठन गरिएको उनले जानकारी दिए।

[sidebar name="button post"]