नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गते फेरि बस्ने

२१ मंसिर, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित भएको छ । मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस ५ गतेसम्मका लागि सरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

‘पार्टी एकता बचाएर लैजान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने र गृहकार्य गरेर मंसिर २८ गते स्थायी कमिटीको बैठक फेरि बस्ने छ ।  बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो सम्बोधन गरेका थिए ।

आज बसेको स्थायी कमिटी बैठकले पार्टीका दुवै अध्यक्ष केपी ओली र  प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन एक साता लगाएर अध्ययन गर्ने भएको छ ।

आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकका सदस्यहरूलाई दुवै अध्यक्षले राखेको प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको हो ।  बैठकमा अध्यक्ष केपी ओलीले सहभागिता नजनाएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेर बैठक अघि बढाएका थिए ।

अध्यक्ष दाहालले बैठक अगाडि बढाएको र आजको गम्भीर, विशिष्ट अवस्थालाई ध्यान दिएर दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

[sidebar name="button post"]