काठमाडौं । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ, जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ ।
तर कहिलेकाहि २१ देखि ३५ दिनसम्ममा पनि महिनावारी हुनसक्छ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो ।
यो समयावधी पनि सामान्य हो । गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनु हो । यद्यपि, गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ ।यदि अर्काे पिरीयड हुनुपर्ने मितिको १२ देखि १४ दिन अघिसम्म शारीरिक सम्पर्क भएमा यो समयमा गर्भ रहने सम्भावना अधिक हुन्छ ।तर महिनावारी भएको ११ दिनपछि शारीरिक सम्पर्क भयो भने यो समयमा गर्भ रहने सम्भावना सबै भन्दा अधिक हुन्छ ।
कसरी थाहा पाउने
गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने पनि गर्छ । महिला आफैँले गर्भ रहेको महसुस गर्न सक्छन् । यो प्रायः सत्य साबित हुन्छ । गर्भ रहेको सुरुसुरुमा बान्ता हुने, थकान महसुस गर्नेजस्ता लक्षण देखा पर्छ । गर्भाधान गरेपछि नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानको समयमा ज्वरो आउने पनि हुन सक्छ । गर्भ रहेको सुरुवाती समयमा करिब ८५ प्रतिशत महिलामा खाना नपच्ने, स्वाद मन नपर्ने तथा वाकवाकी लागिरहने हुन्छ ।
लक्षणहरु
गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लागिरहने हुन्छ । खान मन नलाग्नु,अन्य समयमा भन्दा बढि वान्ता हुनु ।गर्भावस्थामा रक्तचाप कम हुने भएकाले रिंगटा लाग्ने हुन्छ । स्तन सारो वा दुखे झै हुनु । शरीर गल्नु, थकानको महशुस हुनु । गर्भ रहेको पहिलो तीन महिनामा रक्तचाप घटेर जान्छ । यो वेला हर्मोनमा परिवर्तन हुने भएकाले स्वभावमा समेत परिवर्तन आउन सुरु गर्छ ।








