कपालको स्वास्थ्य शारीरिक स्वास्थ्यसँग समेत जोडिएको छ । त्यसैले कपालको ख्याल गर्नु पनि अन्य शारीरिक अंगको स्वास्थ्यबारे ख्याल राख्नु जत्तिकै महत्वपूर्ण भएको छ । त्यसैले आफ्नो कपाललाई स्वस्थ र मजबुत बनाउने बारेमा व्यक्तिहरू प्रायः चिन्तित हुन्छन् । धेरै प्रयासपछि पनि कपालको सुरक्षामा प्रभाव नदेखिनु धेरैको लागि चिन्ताको विषय बनेको छ ।विभिन्न किसिमले कपालको स्याहार गर्न सकिन्छ । त्यसको लागि कपालको प्रकृति हेरेर सोही अनुसार यसको स्याहारको खाका बनाउन सकिन्छ । त्यसको लागि कपालको प्रकृति कस्तो छ ? भन्ने कुरालाई ध्यान दिन सकिन्छ ।
कपालका समस्याहरू टाउकोबाट पनि हुन्छन्, कपाल स्वस्थ राख्नका लागि कपालको जरालाई स्वस्थ राख्नु पनि महत्वपूर्ण हुन्छ । छाला चिलाउने समस्या तपाईंको मात्र नभएर धेरै व्यक्तिको साझा समस्या हो । जसका कारणले उनीहरू दिनभर आफ्नो कपाल र टाउको कन्याइरहन्छन् । यस प्रकार चिलाउने समस्या तपाईंको टाउकोमा बढी तनाव र रूखोपनका कारण हुने गर्छ । तपाईंले आफ्नो कपाल वा टाउकोलाई लामो समयसम्म सुख्खा हुन दिनुहुन्न । यसले तपाईंको कपाललाई बिगार्न सक्छ । यसका लागि तपाईंले नियमित तेलमा मसाज गर्नुपर्छ र सकेसम्म धेरै पानी पिउने कोसिस गर्नुपर्छ ।
विभिन्न किसिमले कपालको स्याहार गर्न सकिन्छ ।धेरै व्यक्ति आफ्नो पातलो कपालको समस्याबाट चिन्तित छन् । पातलो कपाल पोषणको कमी, हार्मोनल परिवर्तन र तनावको कारणले हुने गर्छ । यी विभिन्न कारणहरू सबैलाई हुन्छ । यसको लागि तपाईंले चिकित्सकसँग सल्लाह लिनु आवश्यक छ ।
१० ग्राम नरिवलको पानी १० ग्राम कागतीको रसमा मिलाएर कपालमा राम्रोसँग लगाउनुहोस् । ४०–४५ मिनेटपछि पानीले कपाल सफा गर्नुहोस् । केही महिना एवंरितले कपाल सफा गर्नाले कपाल झर्नबाट रोकिन्छ । अन्य विविध समस्या समाधान गर्नको लागि कागतीको रस उपयोगी हुन सक्छ ।








