पुरुषहरु पनि किन आमा जस्तै हुन थाले ?

अहिले पिताको व्यवहार र भूमिका बद्लिएको छ । साथसाथै बच्चाले आफ्ना पिताप्रति राख्ने दृष्टिकोण र आस्था पनि फेरिएको छ । किनभने अहिलेका पिताहरु आफ्ना बच्चाका लागि अभिभावक वा मार्गदर्शक मात्र नभएर एक हितैषी मित्र बराबर हुन पुगेका छन् । विगतमा जस्तो पिताले आफ्ना बालबच्चासँग निश्चित दुरी राख्ने गरेका छैनन् । अहिले बच्चाका लागि पिताले विगतमा भन्दा बढी प्रेम दर्शाउन थालेका छन् ।

विगतमा पनि पिताले आफ्ना बालबच्चालई उत्तिनै प्रेम गर्थे ।बालबच्चाको भविष्यप्रति उत्तिनै चिन्तित हुन्थे ।साथसाथै आमा पनि काममा लागे । आय आर्जनका मेलोमेसो मिलाउने काममा खटिन थाले । पुरुषको एकछत्र प्रभाव भएको क्षेत्रमा पनि महिलाको प्रवेश भयो । उनीहरु घर धन्दा र बालबालिका हुर्काउने काममा मात्र नभई आफ्ना श्रीमान सरह घर बाहिरको काममा लाग्न थाले । आयआर्जन गर्न थाले । यसले घरको माहौल परिवर्तन गरिदियो ।

कसरी बच्चा हुर्काउने ? के गर्ने, के नगर्ने ? कस्तो व्यवहार गर्ने भन्ने कुराहरु पनि उति सोधीखोजी गर्दैनथे । उनीहरु आफ्नै परिपक्क अनुभवको आधारमा बालबच्चालाई स्वतन्त्र ढंगले हुर्कन दिन्थे । एक किसिमले आफ्नै बच्चासँग पनि दुरी बनाएर बस्थे, ताकि बच्चा आफुमाथि हावी नहोस् ।यही परिवर्तनलई स्विकार गर्दै पुरुषहरुले आफ्नो भूमिका पनि बदल्न थाले ।

विगतमा जुन स्थानमा रहेर आमाले आफ्ना सन्तानको रेखदेख गर्थे, त्यही ठाउँमा पुरुषहरुले आफुलाई उपस्थित गराए । उनीहरु पनि आमा जस्तै बनेर बालबच्चाको स्याहार सुसार गर्न थाले । यस्तो अवस्था किनपनि आवश्यक भयो भने आमा बुवा दुबै घर बाहिर काम गरिरहँदा बालबच्चा हेरचाह गर्नका लागि दुबैले आलोपालो गर्नुपर्ने भयो ।सन्तान प्रेमका लागि जिम्मेवारको स्तर बढेको छ ।

[sidebar name="button post"]