२१ मंसिर, काठमाडौं । आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । गत साताको चार दिनसम्म निरन्तर बढेको सुनको भाउ आईतबार तोलामा दुई सय रुपैयाँले घटेको हो ।
शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आईतबार ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि महासंघले तेजाबी सुनको प्रतितोला भाउ ९२ हजार ४५० रुपैयाँ तोकेको छ । चाँदीको भाउ भने प्रतितोला १२१० रुपैयाँमा यथावत छ ।
बिहेको महिना भएकाले मंसिर लागेसंगै दैनिक झण्डै ३० किलो भन्दाबढीको सुनको ब्यापार रहेको महासंघको भनाई छ ।तयारी सुनका गहना उपहारको रुपमा खरिद गर्ने ग्राहकको संख्या धेरै रहेको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
[sidebar name="button post"]









