पानी किन दिईन्छ रेस्टुरेन्ट अथवा होटेलमा ?

हामी कुनै खाना नास्ता या केही चिज खानको लागि जब रेस्टुरेन्ट वा होटेल जान्छौँ त्यहाँ खाना नास्ता वा खानेकुरा अर्डर गर्नुभन्दा अगाडी नै सर्वप्रथम तपाईको टेबुलमा पानी आईपुग्छ ।हामीले त्यहाँ दिईने पानी पिउँदै आएका पनि छौँ ।

तर त्यो पानी किन दिईन्छ कहिल्यै सोच्नुभएको छ ।सामान्य जवाफ मा तपाईले भन्नुहुन्छ यो एउटा संस्कार हो ।तर तपाईले चिया वा कफि अर्डर गर्नुभयो भने पनि तपाईको टेबुलमा पहिला पानी आईपुग्छ ।

चिया वा कफी खानुभन्दा वा नास्ता गर्नुभन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घन्टा पछि १ गिलास पानी पिउने गर्दा यसले नास्ता पचाउन मद्दत गर्छ । यसैले तपाईको टेबुलमा पानी आईपुगेको हो ।

विज्ञहरुहरुको अनुसार बिहान वा बेलुका खाना खानुभन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने गर्दा ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ। यसैले तपाईको टेबुलमा लन्च वा डिनरको समयमा पनि पानी आईपुगेको हो । डाईटिसियनहरुको यहि ‘रुल’लाई ‘फलो’ गरेर रेस्टुरेन्टले वा यस्तो संस्कार गर्न थालेका हुन् ।

रेस्टुरेन्ट वा होटेलमा तपाईलाई पानी दिएर संस्कार ‘सेट’ गर्नुका साथै स्वागत गरेका हुन् । त्यसबाहेक तपाईलाई आफ्नो ‘अर्डर कुर्न’ दिक्क नलागोस् भन्ने मनशाय पनि हुन्छ ।

वजन बढी भएकाहरुले बिहान उठ्ने वित्तिकै खाली पेटमा एक गिलास पानी पिउनु एकदमै उत्तम मानिन्छ । यसो गर्नाले ओजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। दिनमा एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ–दश पटक थोरै–थोरै पानी पिउनु भयो भने शरीरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ।

दिउँसो जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ। यसले शरीरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ।

[sidebar name="button post"]