एजेन्सी । जाडो मौसममा चिया पिउनेको संख्या बढ्ने गर्छ । चिसोमा चिया पिउनेले स्वस्थ चियाको विकल्प रोज्नुपर्छ । सादा चियाको सट्टा अदुवा र ल्वाङ राखेर चिया पिउने हो भने शरीरलाई फाइदा गर्छ । यसले शरीरलाई न्यानो पार्नुका साथै धेरै रोगबाट बचाउन मद्धत गर्दछ ।
चीसो बेलामा शरीरलाई तातो हुने कुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ । भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ । यी मसलाहरूको बारेमा थप जानौं । यी मसलाहरुको प्रयोगले रुघा खोकीबाट बच्न सकिन्छ ।
तेजपात
तेजपातको सेवनले खोकी, कफ, ज्वरो, रुघा, पिसाब रोग, आन्द्रा सुन्नेको, टाउको दुखेको र रक्ताल्पता जस्ता रोग निको हुन्छ । तेजपात र सुकेको अदुवा काँढा बनाएर खाँदा रुघा र खोकी ठीक हुन्छ ।
मरिच
खानाको स्वाद बढाउनुका साथै मरिचले अनेकौं रोग पनि भगाउँछ । जाडोमा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट बचिन्छ । महमा मिसाएर खाँदा स्मरणशक्ति तीखो हुन्छ ।
जाइफल
औषधीय गुणहरूले भरपूर जाइफलले खाना पचाउँछ, भोक नालग्ने समस्या हटाउँछ, पेटको रोग भगाउँछ र पाचक रस बढाउँछ । यसलाई घोटेर तातो पानीसँग पिउँदा छेरपटी, रुघा र खोकी निको हुन्छ ।
अदुवा
खानासँग सुकेको अदुवा प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, छेरपटी र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ । यसबाहेक नून, दही र मही मिसाएर खाँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ । अदुवाको चियाका फाइदाहरु:
–दैनिक अदुवाको चिया पिउँदा मानिसलाई तनाव कम हुने र शरीलाई उर्जा प्राप्त हुन्छ ।
–श्वासप्रश्वासको समस्याका समाधानका लागि अदुवाको चिया लाभदायी हुन्छ ।
–अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार सहज बनाउँछ।
– अदुवा हृदयाघात र मुटुरोगीका लागि समेत गुणकारी भएकाले पनि अदुवाको चिया दैनिक सेवन गर्नु फाइदाजनक हुन्छ।










