नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल

२३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्।

यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्।श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।

[sidebar name="button post"]