ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ।
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु ग्यास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
कारण
प्रशस्त तेलमा तारेका खाने कुराहरु , धुम्रपान, खैनी, सुर्तिजन्य पदार्थ उच्च मात्रामा प्रयोग गर्नु । चटपटे, पानीपुरी, पिरो चाउचाउ र अजिनोमोटो हालिएका खानाहरूको अधिक प्रयोग गर्नु जंकफुडको अधिक प्रयोग जस्तै अहिले चाउचाउ र दालमोठलाई नियमित खाजाका रूपमा लिइन्छ । अधिक मात्रामा यस्ता जंकफुड प्रयोग गर्नाले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना बढी हुन्छ ।
लक्षण
छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु। , पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।
के खाने ?
प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी र गिलो दालभात धेरै मात्रामा खाने ।
के नखाने ?
प्रशस्त तेलमा तारेको माछा र मासु, पकौडा, समोसा, चाउमिन, मःम, मालपुवा, कफी, चकलेट, चना, केराउ, चिसो पेय पदार्थ रातो मासु, सुख्खा खानेकुरा, पिरो र अमिलो अचार, खुर्सानी, अमिलो दही बाट टाढै रहने ।
ग्याष्ट्रिक निको पार्न घरेलु उपायहरु :
– बिहान काँचो लसुनको सेवनले उच्च रक्तचापको समस्या समेत फाइदा पुर्याउँछ ।
– बिहान खाली पेटमा २/३ पोटी लसुन पानीसँग खादाँ ग्यास्ट्रिकमा फाइदा पुग्दछ ।
– ग्यास्ट्रिक भएकाहरुले हरेक २ घण्टाको फरकमा केही न केही खाइहाल्नु पर्दछ ।
– लामो समय भोको बस्दा पेटमा हावा भरिएर स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।
– पेटमा ग्यास भरिए कागती पानी पिउँदा तत्काल लाभ मिल्दछ ।
– नियमित कागती पानीको सेवनले पेट फुल्ने समस्याबाट राहत दिन्छ ।
– ग्यास्ट्रिक भएको समयमा दूधको सेवन फाइदाजनक हुदैन ।










