फेसबुकविरुद्ध पनि मुद्दा

२० मंसिर, काठमाडाैं । सोसल मिडिया कम्पनी फेसबुकमाथि मुद्दा परेकाे छ । अमेरिकी नागरिकहरुलाई जागिरमा विभेद गरेको अभियोगमा फेसबुकमाथि मुद्दा दायर गरिएकाे हाे ।

कर्मचारी भर्नाका क्रममा अमेरिकी नागरिकलाई विभेद गरेको र विदेशी आप्रवासी नागरिकहरुलाई ग्राह्यता दिएको भन्दै अमेरिकाको न्याय मन्त्रालयले फेसबुकविरुद्ध मुद्दा दायर गरेको समाचारमा जनाइएकाे छ ।

फेसबुकका २६ सयभन्दा धेरै पदहरुमा भर्ना गर्दा योग्य तथा जागिर खान तयार रहेका अमेरिकीहरुलाई मौका नदिइएको ठहर न्याय मन्त्रालयको छ । उल्लेखित पदहरुमा अस्थायी भिषामा रहेका विदेशी नागरिकहरुलाई भर्ना गरिएको अदालतमा दायर मुद्दामा अमेरिकी न्याय मन्त्रालयले उल्लेख गरेको छ ।

उता फेसबुकले भने यस्तो आरोप अस्विकार गरेको छ । तथापि यस विषयमा आफुले न्याय मन्त्रालयसँग सहकार्य गरिरहेको उसको भनाइ छ ।

[sidebar name="button post"]