म्याराडोनाको सम्मानमा रंगशालाको नाम परिवर्तन

२० मंसिर, काठमाडौं ।  इटालियन सिरी ए फुटबल क्लब नापोलीले लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नामाकरण म्याराडोनाको नामबाट गरेको छ ।

अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक म्याराडोनाको गएको गएको नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएको थियो । उनले सन् १९८७ देखि १९९० सम्म नापोलीमा रहँदा क्लबलाई दुई पटक सिरी ए को उपाधि दिलाएका थिए ।

अहिलेसम्म स्टेडिओ सान पाओलोका रुपमा चिनिदै आएको रंगशाला अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोनाको नामबाट चिनिने छ । नापोलीको नगर परिषदले रंगशालाको पुनः नामाकरण सम्बन्ध प्रस्ताव पारित गरेको छ ।

[sidebar name="button post"]